अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

२०७७ चैत्र ५ गते, बिहीबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक नेपाल कम्युनिस्ट पार्र्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासंघको चैत्र २ र ३ गते भएको केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्र्टीका केन्द्रीय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता प्रकाण्ड, मजदुर संगठनका फ्याक्सन इञ्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनलगायतको उपस्थिति रहेको थियो ।
विश्व श्रमिक समुदायका श्रमिकहरु, उत्पीडित श्रमिजीवी वर्ग र समुदायले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परिवेशको सन्दर्भमा महासंघ नेपाली श्रमिकहरुको माझमा एउटा क्रान्तिकारी ट्रेड युनियन महासंघको ब्यानरमा उपस्थित भएको साथै विगत वर्तमान र तात्कालीन परिस्थितिको अनुभूतिले झन् नयाँ प्रणका साथ ट्रेड युनियन आन्दोलनको क्रान्तिकारी राजमार्गको प्रवाहमा आफूलाई उभ्याएको महशुस गरेको महासंघले जनाएको छ । साथै महासङ्घको उक्त बैठकले लिएका निर्णयहरुले श्रमिकहरुको अवस्था, दैनिकी र भविष्यप्रति गम्भीर बन्न प्रेरित गरेको समेत प्रष्ट पारेको छ ।
उक्त सन्दर्भमा महासंघले आफ्नो सातौं राष्ट्रिय सम्मेलनको समेत तय गरेको साथै सो सम्मेलनलाई महासंघले दलाल संसदीय सत्ताको अनेक भ्रमबाट श्रमिकहरुलाई ब्युँझाउने, विद्यमान रहेको बेरोकटोक रोजगार कटौती, असमानजनक कानुनी प्रावधान, विदेश पलायन र विभिन्न परिघटनाहरुसँग अभिन्न जोडिएको मजदुरको मुद्दामा आफूलाई तत्काल केन्द्रित गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा श्रमिकहरुसँगै अघि बढ्ने शर्तमा केन्द्रित गर्ने निचोड लिएको समेत सम्मेलन आयोजक समितिका संयोजक विनोद थापाले एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरेका छन् । जसको पूर्णपाठ यसप्रकार रहेको छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार