मेरो याद आउन्न र ? ( भिडियोसहित )

२०७७ फाल्गुन २९ गते, शनिबार

काठमाडौं । अनुजा पुडासैनी र गोविन्द बोहोराको स्वर रहेको ‘मेरो याद आउन्न र’ बोलको गितको म्युजिक भिडियो हालै बजारमा आएको छ । रोमियो राजन र गोविन्द बोहोराको लिरिक्स रहेको गितमा म्युजिक पनि बोहोराकै रहेको छ । गितको एरेन्ज र मिक्सिङ भने महेश बिक्रम पाण्डेले गरेका छन् ।
गायक बोहोरा र आयुष्मा कार्की र को अभिनय रहेको उक्त म्युजिक भिडियोलाई पुनम अडियो एण्ड भिडियो सोलुसन प्रालिले बजारमा ल्याएको हो । मदन खड्काद्वारा निर्देशित यस गितको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन महेश बिक्रम पाण्डेले नै गरेका छन् । त्यसैगरी श्रृंगार यमुना पाण्डेको रहेको छ भने कलर राजकुमार मगरको रहेको छ । यस गीतको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक रहेको छ ।

प्रतिक्रियाहरु