अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटौंडा उमहानगरपालिका र मनहरी गाउँपालिकालाई ज्ञापन पत्र

२०७७ फाल्गुन २१ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मकवानपुरले सो संगठनको केन्द्रिय संघर्षको कार्यक्रमअनुसार छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको व्यवस्थापनको माग राख्दै हेटौंडा उमहानगरपालिका र मनहरी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले आफ्नो स्थापना कालदेखि नै देशको समग्र शैक्षिक तथा राजनीतिक सवालहरुमा बलिदानीपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा स्पष्ट पारिएको छ। हाम्रो देशमा विगतमा भएका जनयुद्ध, जनआन्दोलन लगायतमा जनताले ठुलो संघर्ष गरे तापनि नेपालको सामाजिक रुपान्तरणमा रहेका गम्भीर प्रकारका समस्याहरूको उन्मूलन हुन सकेन, जनताले अपेक्षा गरे अनुसारको परिवर्तन भएन। हिजो समाजमा भएका विकृति, विसंगती लगायतका तत्वहरू आज पनि सामाजिक समस्याको जड बनेर बसेको कुरा छ। जसको कारण आज पनि हाम्रा देशका कैयौं नारीहरू हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका सिकार हुन बाध्य भएका छन्। सृष्टिको प्रतीक नारी जातिले आज पनि आफ्नो व्यक्तिगत सुरक्षाका साथै सामाजिक सुरक्षाको समेत आभास गर्न पाइराखेको अवस्था छैन। त्यस्तो त हाम्रो समाजमा जातीय छुवाछुत र भेदभाव पनि सामाजिक विकृतिको रुपमा यथावत नै रहेको कुरा छ। यस्तै देशमा दिनप्रतिदिन भ्रष्टाचार, कालोबजारी, महंगी बढिरहेको अवस्था छ। यस विषय प्रति वर्तमान सरकार गैरजिम्मवारपूर्ण ढंगले प्रस्तुत भएकोमा हाम्रो संगठन गम्भीर ध्यानकर्षण गर्दछ।

निर्मला पन्त प्रकारणदेखि भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएका निर्मम घटनाप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भई अपराधीलाई कडा सजायका साथै पीडितलाई उचित न्याय एवम् क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ।यसरी हाम्रो देश, समाज र छरछिमेकमा विद्यमान रहेका विकृति, विसंगतिका साथै अमानवीय घटना उन्मूलन गर्ने कार्यमा सम्बन्धित स्थानिय तहको ठूलो भूमिका हुनुपर्छ। आगामी दिनमा यस प्रकारका घटना मनहरी गाउँपालिका, हेटौंडा उपमहनगरपालिका, मकवानपुर जिल्लाका साथै समस्त देशमा नदोहोरियोस् भन्नका लागि त्यस प्रकारका घटनाबाट बच्न प्रत्येक स्कूल, कलेज र समाजमा रहेका छात्राहरु एवम् महिला दिदीबहिनीहरुको आत्मासुरक्षाका लागि विशेष तालिमको व्यवस्थित कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन समेत सम्बन्धित तहमा हाम्रो संगठनले माग जाहेरी गरेको छ।

प्रतिक्रियाहरु