एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सम्मान

२०७७ फाल्गुन २१ गते, शुक्रबार


काठमाडौं । अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लुओसी) ले एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई सम्मान गर्ने भएको छ । यही मार्च ८ मा भर्चुअल माध्यमबाट सो सम्मान वितरण गर्न लागिएको हो । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकनले खातुनलाई सो पुरस्कार वितरण गर्ने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय र मानवअधिकार, लैंगिक समानता र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई यो सम्मान दिइने अमेरिकी दूतावासले जनाएको छ । यो पुरस्कार पाउने खातुन पहिलो नेपाली महिला हुन् । २०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो। वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चट्याङ्गवाट २ घरमा आगलागी

२०७८ बैशाख ३ गते, शुक्रबार

काँकडभिट्टा र भद्रपुर नाका सिल

२०७८ बैशाख २ गते, बिहीबार

रमजान सुरु

२०७८ बैशाख १ गते, बुधबार