चलचित्र ‘प्रेमगञ्ज’का लागि कलाकारको खोजी !

२०७७ फाल्गुन २० गते, बिहीबार


काठमाडौं । ‘चलचित्र चौतारी’को ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्जु को लागि कलाकारको खोजी गरिएको छ । विगत २५ बर्षदेखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ रहेका छन ।
निर्माण पक्षले अडिसनबाट नै चलचित्रका नायक, नायिका चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु