सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता

२०७७ फाल्गुन १९ गते, बुधबार


काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । सरकारका गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउनेबीच आज वार्ता भएको हो । पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

यसैगरी, गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीसँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु