रोनाल्डोद्वारा नयाँ किर्तीमान !

२०७७ फाल्गुन १९ गते, बुधबार


काठमाडौँ । इटालीयन फुटबल क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तीमान राखेका छन् । उनले युरोपका शिर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने किर्तीमान बनाएका हुन् । इटालीयन सिरी ए अन्तर्गगत गएराति स्पेजिया विरुद्धको खेल युभेन्टसले ३–० ले जित्यो । उसका लागि रोनाल्डोसँगै अल्भारो मोराटा र फेडेरिको चिएसाले एक एक गोल गरे । यो खेलमा गोल गरेका रोनाल्डोले जारी सिजनमा २० गोल पूरा गरे ।
क्लब फुटबलमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । उनले अहिलेसम्म क्लब करियरमा ६ सय लिग खेल खेलेका छन् । जारी सिजनको सिरी ए मा युभेन्टस २४ खेलबाट ४९ अंकसहित तेस्रो स्थानमा रहेको छ । शिर्ष स्थानको इन्टर मिलानको ५६ अंक छ भने ५२ अंकसहित एसि मिलान दोस्रो स्थानमा रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु