जोकोभिच ३ सय १० हप्तादेखि शिर्ष वरियतामा

२०७७ फाल्गुन १८ गते, मंगलवार


काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने किर्तीमान बराबरी गरेका छन् । विश्व टेनिसको सर्वोच्च निकायले हरेक हप्ता पुरुषतर्फ ए.टि.पी र महिलातर्फ डब्लु.टि.ए वरियता निकाल्ने गरेको छ । जोकोभिच ३ सय १० हप्ता एटिपी वरियताको शिर्ष स्थानमा रहेका छन् । यसअघि स्विस खेलाडी रोजर फेडेररले ३ सय १० हप्ता शिर्ष वरियतामा रहने किर्तीमान राखेका थिए ।
जोकोभिचले अब अर्को हप्ता पनि शिर्ष स्थान कायम गरेर फेडेररको किर्तीमान तोड्ने पक्का छ । ३३ वर्षीय सर्बियन खेलाडी जोकोविचले गत हप्ता नवौँ पटक अस्ट्रेलियन ओपन तथा समग्रमा १८ औँ ग्राण्डस्लाम उपाधि जितेका थिए । उनी पुरुष एकलमा सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र रफायल नदालको २० उपाधिभन्दा दुई उपाधि मात्रै टाढा छन् ।
विश्व वरियतामा भने उनले छलाङ मारेका हुन् । सन् २०१४ को जुलाईदेखि २०१६ को नोभेम्बरसम्म लगातार १ सय २२ हप्तासम्म जोकोभिच शिर्ष वरियतामा रहन सफल भएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु