राष्ट्र बैंकद्वारा ब्याज अन्तर नियन्त्रण गर्न निर्देशिका जारी

२०७७ फाल्गुन १७ गते, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको भन्दा बढी नेपाल राष्ट्र बैंक अन्तर (स्प्रेडदर) कायम गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाही गर्ने जनाएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४ दशमलव ४ प्रतिशत तथा ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई ५ प्रतिशत स्प्रेड दर तोकेको छ । तोकिएको स्प्रेडदरको सीमा कुनै पनि महिनामा नाघेमा उक्त त्रैमासको अन्त्यसम्म सीमाभित्र ल्याउनुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ । त्रैमासको अन्त्यसम्म तोकिएको सीमामा नल्याउने संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गर्ने निर्देशनमा उल्लेख छ ।
यसअघि तोकिएको भन्दा बढी स्प्रेडदर धेरै कायम गर्ने संस्थालाई कारबाही गर्ने कुनै व्यवस्था थिएन । यसैगरी राष्ट्र बैंकले कोभिडबाट प्रभावित ऋणीहरुको कर्जाको पुनर्तालिकीकरण गर्ने समय २०७८ असारसम्म थप गरेको छ ।
यसैगरी बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । विद्युतीय कारोबार प्रवद्र्धका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गर्न सकिने गरी राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार