अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप दिइने

२०७७ फाल्गुन १७ गते, सोमबार


काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।सरकारले ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको हो । ५५ वर्षभन्दा माथिका अनुमानित संख्या ५१ लाख ६४ हजार २ सय ६९ का लागि फागुन २३ देखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान सरकारले थाल्न लागेको हो ।
पहिलो चरणमा १० लाख खोप भारतले अनुदानमा दिएको थियो । सरकारले ५० लाख खोप सोझै खरिद प्रक्रियाबाट चाँडै ल्याउने तयारी गरेको छ । चीन सरकारले पनि पाँच लाख खोप दिने प्रतिबद्धता गरेको छ । कुल जनसंख्याको २० प्रतिशलाई खोप लगाइसकेपछि सरकारले निजी क्षेत्रलाई पनि तोकेको मूल्य र संस्थाबाट लगाउने गरी आयात गर्न अनुमति दिने तयारी गरेको छ । सबै नागरिकलाई खोप लगाउन कुल ४८ अर्ब ८३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार