जाडोयाम सकियो !

२०७७ फाल्गुन १६ गते, आईतवार


काठमाडाैँ । यसबर्षको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसबर्षको जाडोयाममा पानी निकै कम परेको छ भने विगतमा भन्दा जाडाे पनि कमै भएकाे छ । जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि-मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् । बिहान-बेलुका केही चिसो भए पनि अब बिस्तारै गर्मी लाग्ने मौसमविद्ले बताएका छन् । अबदेखि बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। हावाहुरीबाट हुने क्षतिका लागि भने पूर्व सचेतना अावश्यक रहेकाे उनकाे भनाइ छ ।
जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गरेपनि यस पटक पानी पार्ने गरी प्रणाली भित्रिन नसकेको मौसमविद्को भनाई छ । पश्चिमी वायु पाँच-छ पटकसम्म नेपाल प्रवेश गरेको भएपनि पानी पार्ने शक्तिशाली प्रणाली भित्रिन नसक्दा औसतभन्दा निकै कम वर्षा भएको बताइएको छ । यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई÷तीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाडौंमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो ।

वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ । सुख्खापनकै कारण यसपालिको हिउँदमा आगलागीका धेरै घटना भएका सरकारी तथ्याङ्क छ । पानी नपर्दा प्रदूषण पनि ह्वात्तै बढेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार