बस दुर्घटना : ८ जना घाइते

२०७७ फाल्गुन १६ गते, आईतवार


काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित शहरेको पौवाडाँडामा बा २ ख ६५९८ नम्बरको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परी तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेकी २६ वर्षिया चन्द्रावती सुनुवार, वडा नम्बर ६ च्यामाका ७० वर्षिय कृष्ण प्रसाद फुँयाल र वडा नम्बर ५ पौवाडाँडाकी २५ वषिया गंगा सुवेदी गम्भिर घाईते भएकी हुन् । उनीहरुको किर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी शहरेका गोफ्ले सार्कि, देवी फुँयाल र उनकी छोरी ८ वर्षिया प्रतिमा, च्यामाका नारायण श्रेष्ठ र थलमाया फुँयाल सामान्य घाईते भएका छन् । उनीहरुको पनि किर्नेमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा २८ जना यात्र सवार रहेको बताइएको छ ।

यता, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार