सहिद दिलबहादुर रम्तेलको स्मृतिमा दिप प्रज्वलन

२०७७ फाल्गुन १५ गते, शनिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी गोर्खाले दिलबहादुर रम्तेलको स्मृतिमा दिप प्रज्वलन गर्दै सहिद सप्ताह २०७७ को पहिलो दिन जिल्लाका सहिद तथा बेपत्ता परिवार र जनयुद्धका घाइते अपाङ्गहरुसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहिद परिवारको तर्फबाट योगेन्द्र कुमाल, सहिद दिपक देवकोटाको पुत्री एन्जिला देवकोटा, सम्झना देवकोटाको आमा, संगिता ढकालको आमा, शंखर थापाको बुवा, चन्द्रध्वज गुरुङको आमा, बलराम रेग्मीको आमा लगायत अन्य सहिद परिवारहरुको उपस्तिथि रहेको थियो । उनीहरुले आक्रोश, पिडा साथसाथै जनयुद्धका तत्कालीन नेतृत्वहरु एकै ठाउँमा गोलवन्द भई सहिदहरुको सपना पूरा गर्न आग्रह गरेका थिए ।
गोर्खा जिल्ला पार्टी सक्रेटरीले प्रचण्ड, बाबुराम लगायत एउटा तप्काहरुले सहिदहरुको रगत र सपनाहरुलाई अवमूल्यन गरि उनीहरुको शक्ति र सत्ता प्राप्तिको निमित्त मात्र जनताका छोराछोरी सहिद भएका भन्ने कुरा अहिलेको घट्नाक्रमले पुष्टि गरेको बताए । हाम्रो पार्टी निरन्तर रूपमा सहिदहरुको सपना पूरा गर्ने मार्गमा नै अगाडि बढिरहेको छ । यदि प्रचण्ड, बाबुरामले संसदीय व्यवस्था र नीजि जीवन र स्वार्थ त्यागेर फेरि संघर्स गर्न तयार भएको खण्डमा सहकार्य गर्न सक्ने उनले बताए ।

प्रतिक्रियाहरु