नेकपा लमजुङद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

२०७७ फाल्गुन १५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ताह कार्यक्रमलाई तिब्रता दिएको छ । सप पार्टीको लमजुङ जिल्ला इन्चार्ज आक्रोशले फागुन १४ देखि २१ गतेसम्म लमजुङभित्र रहेका ८६ जना सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिने बताएका छन् । पुर्वी लमजुङको जनयुद्ध आधारभूमि भनेर चिनिने दूध पोखरी गाउँपालिकाको बिचौर र एलाम पोखरीमा एक कार्यक्रमका बीच सहिदहरुको सपनालाई साकार पार्न भन्दै अरु कसैलाई विश्वास नगरेर हामीलाई सहयोग गर्ने आग्रह गरे । उक्त कार्यक्रमको सञ्चालक दूध पोखरी गाउँपालिका इन्चार्ज सानो भाईले गरेका थिए भने त्यसको अध्यक्षता पार्टी जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान महासङ्घका जिल्ला संयोजक हरिले गरेका थिए । उनले अब छिटै दलाल संसदीय व्यवस्थाको अन्त्य र जनगन्तन्त्रको स्थापना हुने कुरामा ढुक्क रहन सहिद तथा बेपता परिवारलाई आग्रह गरे । यसैगरी लमजुङ जिल्ला सेक्रेटरी गौरवले मध्य नेपाल नगरपालिकामा भेटघाट कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार