अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय दाङको सम्मेलन आयोजक कमिटी गठन

२०७७ फाल्गुन १४ गते, शुक्रबार


काठमाडौं । अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको बैठक एवम् प्रशिक्षण महत्वपूर्ण निर्णय गर्दै भब्य रुपमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक अनिल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य एवम् राप्ती प्राविधिक शिक्षालयका संयोजक देवराज डाँगीले गर्नुभएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य एवम् पूर्व जिल्ला सचिव खुमन पौडेल, जिल्ला सम्मेलन आयोजक समिति सदस्य एवम् संगठनका राप्ती गाउँपालिका संयोजक कृष्ण पुन, जिल्ला सम्मेलन आयोजक समिती सदस्य एवम् संगठन लमही नगर संयोजक रविन्द्र लगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन संगठन राप्ती प्राविधिक शिक्षालयका सदस्य भिमले गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक एवम् उक्त बैठकका प्रमुख अतिथि अनिल केसीले शैक्षिक अधिकार प्राप्ति र समाजवादी शिक्षा नीती यो दलाल व्यवस्थाबाट सम्भव नभएकाले सबै विद्यार्थी कलमका माध्यमबाट विद्रोह गर्न अपिल गरे । अहिलेको शिक्षा प्रणालीमा ठूलो असमानता, विभेद, विकृती, विसङ्गती भएकाले यसको अन्त्यको निम्ति युवा विद्यार्थी एक भएर जुट्नु पर्ने बताए । विद्यार्थीको हक, हित र अधिकार तथा शिक्षा क्षेत्रमा देखिएको विकृति, विसङ्गति, निजीकरण, व्यापारीकरण, दलालीकरणको विरुद्धमा आवाज उठाउदा यो भ्रष्ट सरकारले अघोषित रुपमा संगठनमाथी प्रतिबन्ध लगाएर दु:ख दिइरहेको गुनासो गरे र साथै यसको भन्दाफोर गर्न सचेत विद्यार्थीहरु अगाडी बढ्नु पर्ने धारणा राखे ।
संयोजक केसीले सम्मेलन आयोजक कमिटीलाई बधाई दिदै राप्ती प्राविधिक शिक्षालयमा विद्यार्थीका समस्यालाई उजागर गर्दै अनुशासित भएर काम गर्न निर्देशन दिएका थिए । पूर्व संयोजक देवराजलाई खादा र अविर लगाएर बिदाइ गर्दै उहाँको काम कार्वाहीलाई संगठनले उच्च मुल्यांकन गरेको बताए ।
बिदाइ भएर गएका पूर्व संयोजक देवराजले सबैलाई धन्यवाद दिदै नवनिर्मित सम्मेलन आयोजक कमिटीलाई विद्यार्थी हक, हित र संस्थाको हितको निम्ति निरन्तर एक ढिक्का भएर काम गर्न सुझाव दिएका थिए ।

राप्ती प्राविधिक शिक्षालयको चौथो इकाई सम्मेलन भब्य रुपमा सम्पन्न गर्न बैठकले शिवराजको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
यति बेला अखिल (क्रान्तिकारी) दाङ जिल्लाव्यापी एकीकृत जनदिशा अभियान लिएर विद्यार्थी भेटघाट तथा संगठन विस्तार अभियानलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रियाहरु