कोरोनावाट बच्न चश्मा प्रभावकारी !

२०७७ फाल्गुन १४ गते, शुक्रबार


काठमाडौं । भारतमा गरिएको एउटा अध्ययनअनुसार चश्मा लगाउने मानिस कोरोनाभाइरस बाट संक्रमित हुने सम्भावना तीन गुणा कम हुन्छ। किनकि प्राय जसो व्यक्तिले भाइरस संक्रमित हातले आँखा, नाक र मुखलाई छुन्छ, तब यो भाइरस शरीरमा प्रवेश गर्दछ। यस्तो अवस्थामा, जब मुख र नाकमा मास्क छ र आँखामा चश्मा हुन्छ, तब चश्मा लगाएका मानिसहरूले तिनीहरूको आँखा कम स्पर्श गर्छन् र त्यसैले कोभिड १९ संक्रमित हुने खतरा कम हुन्छ। मेडरिक्स्भ विश्वको प्रसिद्ध स्वास्थ्य विज्ञान वेबसाईट हो जसमा यो अध्ययन प्रकाशित भएको छ । यो अध्ययन उत्तर भारतको कानपुरको एउटा अस्पतालमा गरिएको थियो जसमा ३ सय ४ जनालाई अनुसन्धानकर्ताहरूले समावेश गरेका थिए । यसमध्ये २२३ पुरुष र ८१ महिला सहभागी थिए । यी सबै व्यक्तिहरूको उमेर १० बर्षदेखि ८० वर्ष बीच थियो र यी सबै व्यक्तिहरूमा कोभिड लक्षणहरू थिए। अध्ययनमा संलग्न १९ प्रतिशत मानिसहरु यस्ता थिए जसले प्राय जसो चश्मा लगाउँथे। अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार औसतमा एक जनाले अनुहारमा प्रति घण्टा २३ पटक र आँखामा प्रति घण्टा औसत तीन पटक हातले छुने गर्दछन् ।
यस अध्ययनले यो पत्ता लगायो कि नियमित रूपमा चश्मा लगाउनेहरूलाई कोभिड १९ को संक्रमण २ देखि ३ गुना कम हुन्छ । अध्ययनले देखाएको अनुसार दुषित हातले आँखा छुँदा संक्रमण हुने खतरा हुन्छ भने चश्मा लगाउँदा आँखा छुने र आँखा मिच्ने सम्भावना कम हुन्छ ।
२०२० मा भएको एक अध्ययन अनुसार जो व्यक्तिहरु कन्ट्याक्ट लेन्सको प्रयोग गर्छन् उनीहरुलाई चश्मा लगाउन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार