एसईई परीक्षा जेठको दोस्रो साताभित्र सक्ने तयारी

२०७७ फाल्गुन १२ गते, बुधबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो । सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने छन् ।

प्रतिक्रियाहरु