अखिल (क्रान्तिकारी)द्वारा सिंजालीको परिवारलाई क्षतिपूर्ति दिन माग

२०७७ फाल्गुन १२ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) नवलपुरले कावासोती नगरपालिका वडा नं.५ स्थित कालिका मावि कक्षा ३ मा अध्ययनरत छात्रा गमित्रा सिंजालीको विद्यालयको गेटले च्यापेर निधन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सिंजालीको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका नवलपुर जिल्ला संयोजक श्रीराम बस्यालले वक्तव्य जारी गर्दै विद्यालयको वार्षिकोत्सबको तयारीमा रहेको अवस्थामा समेत जीर्ण भौतिक संरचना समयमै मर्मत नगर्नाले यस्तो घटना घट्नु भनेको विद्यालय व्यवस्थापनको गैरजिम्मेवारीपना तथा लापरवाही भएको बताएका छन् । उनले शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकटसमेत व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु