बास्तोलाको अपमानजनक पुनः गिरफ्तारीको सर्वत्र निन्दा

२०७७ फाल्गुन ११ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाको अपमानजनक पुनः गिरफ्तारीको सर्वत्र निन्दा भएको छ। नेकपाका नेता बास्तोलालाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले अमानवीय ढंगबाट गिरफ्तार गरेपछि सरकार र प्रहरी प्रशासनको सर्वत्र निन्दा भएको हो । नेता बास्तोलाको उक्त पुनः गिरफ्तारी विरुद्ध रिहाईको माग गर्दै सरकारको चर्को आलोचना गर्दै सामाजिक सञ्जालमा पनि चौतर्फी विरोध भैरहेको छ ।
यसैबीच , नेपाल कम्युनिस्ट पार्टीनिकट अन्तर्राष्ट्रिय प्रवास ब्यूरो नेपाली जनप्रगतीशिल मोर्चा मध्य पूर्व संगठन (कतार, युएई, साउदी, कुबेत)ले एक विज्ञप्ति जारी गर्दै बास्तोलाको गैरन्यायिक गिरफ्तारी विरुद्ध घोर भ्रत्सर्ना गरेको छ ।विज्ञप्तिमा भनिएको छ :नेपाली समाज अहिले अत्यन्तै ठूलो राजनैतिक संकटबाट गुज्रिरहेको छ । क्रान्ती र प्रतिक्रान्तिको बिचमा, अग्रगामी र प्रतिगामी शक्तिहरुको बिचमा ठूलो संघर्ष चलिरहेको छ । क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्द लगाएर वर्तमान सरकारले एकातिर कमरेड विप्लव नेतृत्वको नेकपासंग वार्ताको जालो फ्याँकिरहेको छ भने अर्कातिर त्यसका नेताकार्यकर्ताहरुलाई धरकपड गरिरहेको छ । आजै मात्र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोला कानुनको धज्जी उडाएर सर्वोच्च अदालतको गेटबाटै जसरी गलहत्याएर अपमानजनक ढंगले कमरेड कञ्चनलाई पुनः सर्वोच्च अदालत परिसर बाट पुनः यो पक्राउ गरिएको छ निकै दुखद र खेदजनक छ ।सरकार र नेपाल कम्युनिस्ट पाटि विच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने अनुमान गरिएको थियोे,तर बास्तोलालाई अदालतको आदेश विपरीत पक्राउ गरिएको छ । यस्तै फागुन ६ गते कार्यक्रम को स्थल बुटवल बाट पक्राउ पर्नुभएका बौद्धिक नेता भेषराज भुषाललाई समेत काठमाडौं जिल्ला अदालत बाट पुनः पक्राउ गरिएको छ ।सरकारको यस प्रकारको रबैया प्रति नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास ब्यूरो नेपाली जनप्रगतीशिल मोर्चा मध्य पूर्व संगठन (कतार, युएई, साउदी, कुबेत) घोर भत्सर्ना गर्दछ । नेकपा पार्टी सचिवालय सदस्य धमेन्द्र बास्तोला कमरेड ‘कंञ्चन’, कमरेड भेषराज भुषाल लगायत साथै विभिन्न ठाउँबाट गिरफ्तार गरिएका सम्पुर्ण नेताकार्यकर्ताहरुको बिनासर्त रिहाइ गर्न कामचलाउ सरकारसँग जोडदार माग गर्दछौं ।

प्रतिक्रियाहरु