नासाद्वारा मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडियो सार्वजनिक

२०७७ फाल्गुन ११ गते, मंगलवार


काठमाडौँ । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गत साता मंगल ग्रहमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षण समेटिएको छ । रोबटका चक्काले मंगल ग्रहको सतहमा टेक्दासम्मको दृश्य भिडियोले समेटेको छ । भिडियोमा धुलोको फन्का र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिएको छ ।
नासाले अन्तरिक्ष यान मंगलको सतहमा अवतरण हुँदै गर्दाको ३० गिगाबाइट्स सूचना र २३ हजार वटाभन्दा बढी तस्बिरहरू संकलन गरेको छ । प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम गरेको बताइएको छ । पर्सिभिअरन्स सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि राखिएका थिए । नासाले अवतरणको आवाज पनि रेकर्ड हुने अपेक्षा गरेपनि त्यो भने सम्भव नाएको जनाएको छ । सतहमा एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सिभिअरन्सको कामलाई सुन्न सकिने सम्भावना कायमै छ । क्यामेराका तस्बिरहरूले महत्वपूर्ण सुझाव दिने नासाको विश्वास छ । यसले ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कोरोनावाट बच्न चश्मा प्रभावकारी !

२०७७ फाल्गुन १४ गते, शुक्रबार

माटोको डिजिटल नक्सा तयार !

२०७७ फाल्गुन १३ गते, बिहीबार

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा !

२०७७ फाल्गुन ७ गते, शुक्रबार