ट्रम्पलाई सम्पति विवरण बुझाउन आदेश !

२०७७ फाल्गुन ११ गते, मंगलवार


काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो सम्पति विवरण बुझाउन आदेश दिएको छ । ट्रम्पमाथि कर छलीलगायत वित्तीय अपराध भएको आशंकामा अदालतले सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो । यसअघि पदमा रहँदा ट्रम्पले आफ्नो सम्पति विवरण बुझाउन अस्वीकार गर्नुभएको थियो । अदालतको आदेशसँगै ट्रम्पले आफ्नो सम्पूर्ण आर्थिक गतिविधिलगायतका कागजपत्र अनुसन्धानकर्तालाई बुझाउनुपर्ने छ । ट्रम्पमाथि न्यूर्योकको म्यानहटनमा अनुसन्धान भइरहेको छ । ट्रम्पमाथि चुनावी अभियानको क्रममा खर्चको विवरण पनि नबुझाएको आरोप लागेको छ । अदालतले आदेश दिएपनि ट्रम्पको सम्पतिमाथि गोप्यरुपमा छानविन हुने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु