आईएसका सात जना मारिए !

२०७७ फाल्गुन ११ गते, मंगलवार


काठमाडौं । इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका सात जना मारिएका छन् । इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो । आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा आतंकवादीहरुले आफ्ना गतिविधि केन्द्रीत गरेका थिए ।
सेनाले लामो समयदेखि कारवाहीका लागि तयारी गरीरहेको बताइएको छ । अमेरिकी सेनाको कारवाही तीव्र भएपछि सने २०१७ देखि इराकमा सो समूहरुको प्रभाव कमजोर रहेको बताइएको थियो । तर पछिल्लो समय फेरि सो समूहले आफ्ना सशस्त्र गतिविधि बढाउन थालेपछि सेनाले कावाहीलाई निरन्तरता दिएको त्यहाँको सरकारले जनाएको छ । यसैबीच आपराधिक गतिविधि नियन्त्रणका लागि विद्रोहीविरुद्धको कारवाहीलाई फेरि निरन्तरता दिने इराक सरकारले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु