अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिद्वारा बिरोध प्रदर्शन

२०७७ फाल्गुन ११ गते, मंगलवार


काठमाडौँ । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क वितरण गर्नुपर्ने, बसाइसराई गरि आएका सुकुम्बासीहरूलाई आयोगले लगत सङ्कलन गरिनुपर्ने लगायतका माग गरेका छ्न् । आयोग र नगरपालिकाले लगत सङ्कलन गर्दा विभिन्न जिल्लाबाट बसाइसराई गरेर आएका सुकुम्बासीलाई छुटाउन खोजेको भन्दै विरोधमा उत्रिएको उनीहरूले बताए । लगत सङ्कलन गर्ने समयावधी छोटो रहेको र बसाइसराई लगायतका कागजपत्र जुटाउन सम्भव नहुने भन्दै सुकुम्बासीहहरू आन्दोलनमा उत्रिएको संघर्ष समिति संयोजक जिवन थापाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु