सर्बोच्च अदालतको आदेशको उपहास : बाँस्तोला अदालत परिसरवाटै पुन : गिरफ्तार

२०७७ फाल्गुन १० गते, सोमबार


काठमाडौँ । सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले सर्बोच्च परिसरवाटै पुनः गिरफ्तार गरेको छ । सर्वोच्चले आज बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो । बाँस्तोलालाई अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु