‘सहज वातावरण बने सरकारसँग सम्बाद र बार्ता गर्न तयार ‘

२०७७ फाल्गुन ८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले विज्ञप्तिमार्फत आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएका छन् । महासचिव विप्लवले क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको समेत बताएका छन् ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु