२२ अर्ब ३९ करोडको तरकारी , १० अर्बको फलफुल आयात !

२०७७ फाल्गुन ८ गते, शनिबार


काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको बताइएको छ । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा शुन्य दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो । यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । तर व्यापार घाटा भने शुन्य दशमलव ६६ प्रतिशतले घटेको विभागले जनाएको छ । यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।
यस अवधीमा पेट्रोलियम पदार्थ सबैभन्दा बढि अर्थात १ खर्ब ४ करोडको आयात भएको छ भने आईरन तथा स्टिल ८० अर्बको आयात भएको छ । यस्तै मेसिनरी सामग्री ६२ अर्ब २ करोडको आयात हुँदा ६३ अर्ब २० करोडको ईलेक्ट्रिक सामग्री आयात भएको भन्सार विभागको तथ्याकं छ । यस अवधीमा २२ अर्ब ३९ करोडको तरकारी आयात भएको छ भने फलफुल मात्रै १० अर्बको आयात भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार