प्रवासी नेपाली जनसमाज, भारतद्वारा भुसाललाई तत्काल रिहा गर्न माग

२०७७ फाल्गुन ८ गते, शनिबार


काठमाडौँ । प्रवासी नेपाली जनसमाज, भारतले रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कथित सामाजिक दलाल पुँजीवादी केपी ओली नेतृत्वको सरकारले बिनाकारण भुसाललाई गिरफ्तार गरेको घटनाप्रति घोर विरोध तथा भत्र्सना गर्दै तात्का रिहा गर्न माग गरेका हुन्।
अध्यक्ष थापाले नेकपामाथिको राजनीतिक प्रतिबन्ध तत्काल फुकुवा गरी आस्थाकै आधारमा गिरफ्तार गरिएका भेषराज भुसाल लगायत सम्पूर्ण नेता, कार्यकर्तालाई रिहाइको माग गर्दै दमन, हत्या र गिरफ्तारी बन्द गरी शान्तिपूर्ण तरिकाबाट समस्या सामाधान खोज्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । उनले, साथै देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, प्रत्रकार, बुद्धिजीवि, मनावअधिकारवादी, न्यायप्रेमी जनसमुदायहरु र सम्पूर्ण देशभक्त प्रवासी नेपालीहरुलाई सरकारको यस्ता रवैयाको विरोध, भत्र्सना साथै प्रतिकार गर्न अनुरोधसमेत गरेका छन् ।
अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘सबै प्रकारका आक्रमक कारवाहीका कार्यक्रमहरु स्थगन गरी जनसंघर्ष र जनसेवामा तल्लीन रहेकोे नेपाल कम्युनिस्ट पार्टी र यसका जनवर्गीय संगठनका नेता, कार्यकर्ताहरुलाई पञ्चायती गुण्डा शैलीमा खोजी–खोजी गिरफ्तार गर्ने हिरासतमा निर्मम याताना दिने झुटा मुद्दामा जेल हाल्ने कार्यलाई बन्द गरी शान्तिपूर्ण रुपमा वार्ताको वातावारण तयार गरी समस्याको सामाधान गर्नु भन्दा पनि सरकार षड्यन्त्र तिर लागेको देखिन्छ । शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्ने जनतालाई आफ्नो बिचार राख्न पाउने नगरिकको मौलिक अधिकारलाई समेत उल्लघन गर्दै यहि २०७७ साल फागुण ६ गते बुटवलमा रणनैतिक संयुक्त मोर्चाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य, नेकपा स्कुलीङ बिभाग प्रमुख, प्रवासी नेपाली जनसमाज, भारतका संस्थापक संरक्षक रहनुभएका तथा शिक्षक आन्दोलनका नेतृत्वकर्ता, लेखक बौद्धिक एवुम् प्राज्ञिक ब्यक्ति भेषराज भुसाललाई कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले बिनाकारण गिरफ्तार गर्नुले प्रष्ट हुन्छ । सर्वप्रथम यस्ता घटनाले हाम्रो संगठनको घोर विरोध तथा भत्र्सना गर्दछ ।’
केन्द्रीय अध्यक्ष थापाले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘सरकार एकातिर आम जनतालाई वार्ताको नाममा भ्रम श्रृर्जना गरिरहेकोछ भने अर्काे तिर वार्ताको वातावारण तयार गर्नु भन्दा पनि शान्तिपूर्ण रुपमा जनसंघर्षमा रहेको रणनैतिक संयुक्त मोर्चालाई समेत दमन गिरफ्तारी गर्नुले सरकार शान्ति होइन वार्ताको नाममा षड्यन्त्र गरिरहेको पुष्टि भएकोछ । नेपाल कम्युनिस्ट पार्टी माथिको राजनीतिक प्रतिबन्ध फुकुवा गरी आस्थाकै आधारमा गिरफ्तार गरिएका सम्पूर्ण नेता, कार्यकर्तालाई रिहा गर्ने, र यस प्रकारका दमन, हत्या र गिरफ्तारी बन्द गरी शान्तिपूर्ण तरिकाबाट समस्या सामाधान खोज्न नेपाल सरकारसँग हाम्रो संगठन प्रवासी नेपाली जनसमाज, भारत जोडदार माग गर्दछ । साथै देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, प्रत्रकार, बुद्धिजीवि, मनावअधिकारवादी, न्यायप्रेमी जनसमुदायहरु र सम्पूर्ण देशभक्त प्रवासी नेपालीहरुलाई सरकारको यस्ता रवैयाको विरोध, भत्र्सना साथै प्रतिकार गर्न हार्दिक अनुरोध सहित अपिल गर्दछौ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु