रणनैतिक संयुक्त मोर्चाद्वारा नेता भुसाललाई तत्काल रिहा गर्न माग

२०७७ फाल्गुन ७ गते, शुक्रबार


काठमाडौँ । रणनैतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । मोर्चाले सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै सो माग गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य ऋषिराम कट्टेलले व्यक्ति स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ति राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशलाई अर्को युद्ध निम्त्याउने बताए । यस्तै कार्यक्रममा अर्का केन्द्रीय सदस्य रामसिंह श्रीसले क्रान्तिकारीहरुको एकताबाट सरकार तर्सिएको भन्दै सरकारको हतास मानसिकताको उपज रहेको बताएका थिए । केही कार्यनीतिमा मात्रै मोर्चागत हुँदै आएका पार्टीहरुले यो सरकारको विकल्पमा संयुक्त सरकार गठन गर्ने र पार्टी एकतासम्म पुग्ने उद्देश्यसहित केही समय अगाडि चार कम्युनिस्ट पार्टीले एकता गरेका थिए ।
पत्रकार सम्मेलन लगत्तै भैरहवामा राखिएका नेता भुषाल र उनीसँगै पक्राउ परेका देबबहादुर केसीको अवस्था बुझ्न रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, मानवअधिकारकर्मी, वकिल र पत्रकारको समूह जिल्ला प्रहरी कार्यालय भैरहवमा पुग्दा त्यहाँ भुषाल नरहेको भन्दै प्रहरी प्रमुख एसपी प्रविन पोख्रेलले भुषालका देशभर ५ बटा मुद्दा रहेको र उनलाई काठमाडौँ पठाइएको जानकारी दिएका छन् । काठमाडौँ कहाँ राखिएको भन्नेबारे प्रहरी स्रोतले परिवारलाई समेत जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार