रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

२०७७ फाल्गुन ७ गते, शुक्रबार


काठमाडौँ । जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा संयुक्त रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल शिक्षक संगठनका पूर्व नेता तथा लेखक, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व भेषराज भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । जनसभामा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्न ठूलो मात्रामा नेपाल प्रहरी परिचालन गरिएको थियो । भुसालले जनसभालाई सम्बोधन गर्दै दलाल संसदीय राज्यसत्ता असफल भएको भन्दै सात दशक लामो राजनीतिक इतिहासको समीक्षा गर्नुपर्ने बताएका थिए । नेता भुसालले त्यसका लागि राजनीतिक समीक्षा सभा, देशभक्त, क्रान्तिकारी, वामपन्थी एवम् सच्चा लोकतन्त्रवादीहरुको संयुक्त सरकार आवश्यक भएको र दलाल राज्यसत्ताले देशभक्त र क्रान्तिकारीहरुमाथि प्रतिबन्ध लगाउनु गलत भएको समेत बताएका थिए । भुसाललाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु