भारतीय सेनासँगको झडपमा चार सैनिक मारिए : चीन

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको बताएको छ । चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीयस सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको छ ।
उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृतयु भएको हो । एक जनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बतएको छ । नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेंट जनरल वाईके जोशीका अनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो । यस घटनामा अझ धेरै सैनिक मारिएको आशंका गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् । – एजेन्सी

प्रतिक्रियाहरु