फेसबुकद्वारा अष्ट्रेलियामा समाचार हेर्न र सेयर गर्न रोक

२०७७ फाल्गुन ६ गते, बिहीबार


काठमाडौं । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ । बिहीबार बिहान अस्ट्रेलियाका जनता उठेपछि फेसबुकमा सबै स्थानीय र विदेशी समाचार वेबसाइटहरू बन्द भए। सरकारको स्वास्थ्य र आपतकालीन फेसबुक पृष्ठहरू पनि बिहीबार बन्द थिए। यद्यपि फेसबुकले पछि उनीहरूलाई खोल्यो।
अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ। फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ। गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो। विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ। अष्ट्रेलिया सरकारले प्रतिबन्धले फेसबुकको विश्वसनीयतामा खतरा निम्त्याएको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार