रणनैतिक संयुक्त मोर्चा निर्माण ः कम्युनिस्ट आन्दोलनको इतिहासमा नयाँ आयाम

२०७७ फाल्गुन २ गते, आईतवार

हस्तबहादुर केसी

२०७७ साल माघ २९ गते काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा कमलादीको मुख्य सभाहलमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्दविप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालकाबीच सम्पन्न भएको रणनैतिक संयुक्त मोर्चाको घोषणा भएको यसै घोषणा सभाबाट मोर्चाको अबधारणापत्रसहित केन्द्रीय समितिको पनि घोषणा गरिएको यो साँगठनिक संरचना प्रदेश, जिल्ला आवश्यकताअनुसार स्थानीय स्तरसम्म गठन गर्ने मोर्चाले स्पष्ट पारेको नेपाली कम्युनिस्ट आन्दोलन ज्यादै लामो आज नेपाली कम्युनिस्ट आन्दोलनले ७८ वर्ष पूरा गर्ने संघारमा पुगिसकेको २००६ साल बैशाख १० गत (सन १९४९ अप्रिल २२) का दिन कमरेड पुष्पलालको पहलकद्मी नेतृत्वमा भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो स्थापना कालदेखि नेपाल कम्युनिस्ट पार्टीले निर्धारण गरेको महान् नेपाली क्रान्तिको न्यूनतम लक्ष्य नयाँ जनवादी व्यवस्था अधिक्तम लक्ष्य वैज्ञानिक समाजवाद साम्यवादमा पुग्ने लक्ष्य हासिल गर्ने सिलसिलामा पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवादी व्यवस्थासम्म पनि प्राप्त भएको छैन यद्यपि महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभार पूरा गर्ने तयारी भइरहेको

रणनैतिक मोर्चालाई कम्युनिस्टहरुले क्रान्तिका तीन जादुमयी हतियारमध्ये एक भन्ने गरिन्छ विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी, त्यसको मातहतमा निर्माण गरिएको जनमुक्ति सेना (लालसेना) पार्टीको योजना, नीति बमोजिम गरिने रणनैतिक मोर्चालाईक्रान्तिका तीन जादुमयी हतियार भन्नुभएको कमरेड माओको यो भनाई क्रान्तिका निम्ति साच्चिकै जादुमी धारिला हतियार हुन् महान् नेपाली क्रान्तिको यस कठिन तथा गौरवपूर्ण यात्रामा कमरेड भन्नुभएको क्रान्तिका तीन जादुमयी हतियारमध्ये एउटा रणनैतिक मोर्चा निर्माण गर्ने त्यसलाई व्यवहारमा क्रियान्वयन गर्ने माथि उल्लेखित गरिएका चार कम्युनिस्ट पार्टीहरुले पहिलो पटक पहल आँट गरेकोमा स्वागतयोग्य कुरा हो नेपाली कम्युनिस्ट आन्दोलनको लामो इतिहासमा पटकपटक वाम मोर्चाहरु नबनेका होइनन् पटकपटक निर्माण हुने बिलाउने गरेको इतिहास तर, कार्यान्वयन व्यवहारमा हुने गरेका छैनन् अहिले यी चार कम्युनिस्ट पार्टीहरुबीच बनेको यो रणनैतिक संयुक्त मोर्चा बनेर महान् नेपाली क्रान्तिका लक्ष्य हासिल गर्ने गरी जुन अबधारणापत्रद्वारा प्रतिबद्धता जाहेर जुन विशाल घोषणासभामार्फत् गरिएको , यो करिब ७२ वर्षेे कम्युनिस्ट आन्दोलनको इतिहासमा नयाँ आयाम हो भन्दा अनुपयुक्त नहोला भन्न सकिन्छ अर्थात् यो रणनैतिक मोर्चा निर्माणको समाचारले आज नेपाली सर्वहारावर्ग आममुक्तिकामी जनताले खुसियाली मनाइरहेका छन्

विश्व कम्युनिस्ट यस लामो ऐतिहासिक इतिहासमा पनि संयुक्त रणनैतिक मोर्चा निर्माण व्यवहारमा क्रियान्वयन भएको अनुभव ज्यादै कम्जोर थोरै मात्र चीनमा कमरेड माओले सन १९३७१९४५ का बीचमा दोस्रो विश्व युद्ध चलिरहेको बेला चीनमा जापानी साम्राज्यवादी ताकतले सिंगै चीनमाथि हमला गरिरहेको बेला बहुत कठिनाइका साथ, बल प्रयोग गरेर तत्कालीन सत्ताधारी च्याङकाइसेकसित संयुक्त मोर्चा निर्माण गर्नु भएको थियो त्यसले त्यति ठूलो उपलब्धि हासिल गरेको थिएन

अर्को देश उत्तर कोरियामा कमरेड किम इल सङले साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्नु भएको थियोे कार्यान्वयनका क्षेत्रमा उपलब्धि सन्तोषजनक भएको थियोे अरु देशका कम्युनिस्ट पार्टीहरुबीचको इतिहासमा यो विषय विरलै रहयो नेपालमा आज जुन प्रयास यी चार कम्युनिस्ट पार्टीहरुले अभ्यासमा ल्याउने जमर्को गरेकोमा सबै मुक्तिकामी जनता खुसी हुनु स्वाभाविक देशले स्वाधीनता चाहन्छ, जनता मुक्ति चाहन्छन् तर, आज नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा नै महान् नेपाली क्रान्तिको भरपर्दो नेतृत्वदायी शक्ति हो तर, आज यो क्रान्तिकारी धारा विभाजित अवस्थामा भएकोले यो अवस्था क्रान्तिका लागि बाधक भएको त्यसैले जो रणनैतिक मोर्चामा आबद्ध भएका यी कम्युनिस्ट पार्टीहरुका बीचमा पार्टी एकता हुनु अनिवार्य विषय बन्न पुगेको क्रान्तिकारीहरुका बीचमा पार्टी एकता आजको अपरिहार्य आवश्यकता बन्न गएको पार्टी एकता केका लागि भन्ने प्रश्न खडा हुन सक्छ तर, उत्तर यो हो महान् नेपाली क्रान्ति सम्पन्न गर्नका लागि हो भन्ने कुरामा कुनै दुबिधा छैन क्रान्तिकारीहरुका बीचमा हुने पार्टी एकता विचारका आधारमा, सिद्धान्तका आधारमा, दर्शनका आधारमा एकरूपता कायम भए पछि हुने कुरा हो

सैद्धान्तिक बिमति भएका कारण, लक्ष्य एउटै हुँदाहुँदै पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन आजसम्म पनि विभाजित अवस्थामा हालै मात्र निर्माण भएको चार कम्युनिस्ट पार्टीहरुबीचको रणनैतिक मोर्चा निर्माणको पहलले पक्कै पनि नेपाली सर्वहारावर्ग आममुक्तिकामी नेपाली जनताको बीचमा क्रान्तिप्रतिको आशा भरोसा पैदा गरेको साथै उक्त रणनैतिक मोर्चा महान् नेपाली क्रान्तिका लागि कोशेढुङ्गा सावित हुनेछ लामो अबधिसम्म नेपाली कम्युनिस्ट आन्दोलन विशेषतः क्रान्तिकारी नेपाली कम्युनिस्ट आन्दोलन लामो समयदेखि नै विभाजित रहँदै आउनुको कारणले नेपाली जनताको बीचमा निराशा छाउनु स्वाभाविक नै थियो यस चार कम्युनिस्ट पार्टीहरुका बीचमा निर्माण हुन गएको रणनैतिक मोर्चालाई देशमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई वितरण, सिद्धान्त, दर्शन, कार्यदिशा, कार्यक्रम आदिमा सिद्धन्ततः एकरूपता कायम गरेर विशाल तथा एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन सकेमा महान् नेपाली क्रान्तिको ज्यादै कठिन तथा गौरवपूर्ण यात्रा धेरै टाढाको विषय हुने छैन राष्ट्रले खोजेको नेपाली जनताले चाहेको प्रमुख विषय पनि यही नै हो

महान् दस वर्षेे जनयुद्धको मुख्य नेतृत्व गरेको माओवादी आन्दोलनको एउटा ठूलो समूह जब संशोधनवादमा गिर्न पुगेका प्रचण्डको नेतृत्वमा पहिले नै प्रतिक्रियावादी शक्तिका रुपमा पतन भइसकेको एमालेमा विलय हुन पुगे पछि सिंगो माओवादी आन्दोलन क्रान्तिकारी कित्ताप्रति जनताले विश्वास गर्न नसक्ने अवस्था बनिरहेको अवस्थामा भर्खरै मात्र चार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गरेर यसलाई महान् नेपाली क्रान्ति सम्पन्न गर्ने योजनाका साथ निर्माण गरिएको यसलाई पार्टी एकतासम्म पु¥याउने बचनबद्धता घोषणासभामार्फत् आयोजकहरुले जाहेर गरेको हुनाले माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्ति सम्पन्न गर्न सक्तैनन् भन्ने नेपाली जनताको आशंकाको बादल पनि फाटेर घाम लागेको सर्वत्र चासोका साथ फैलिएको प्रतिक्रियावादीहरु नवसंशोधनवादीहरुलाई पनि ठूलै झापड पुगेको

कम्युनिस्टको बर्को ओढेको सत्ताधारी नेकपा भित्र मौलाएको पद, प्रतिष्ठा पैसा तथा शक्ति बाँडफाँडको लुछाचुँडी तथा सत्ता लुछाचुँडीको लडाइँले प्रतिनिधिसभा विघटन भए पछि प्रधानमन्त्री ओली समूह प्रचण्ड (माधव समूह शक्ति प्रदर्शन गर्ने भन्दै शहरमा निस्केर नेपाली जनतालाई उल्लु बजनाउने प्रतिस्पर्धामा लागिरहेका छन् मुलुक भीषण प्रतिगमनको दिशाबाट अगाडि बढिरहेको यसले नेपालमा राष्ट्रिय संकट पैदा भएको यसको निकासको निम्ति प्रचण्डमाधव समूह, प्रतिपक्षी नेपाली काँग्रेस, समाजवादी पार्टीले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना मात्र एक मात्र निकास हुने बताइरहेका छन् भने प्रधानमन्त्री समेत रहेको ओली समूह कमल थापाले नेतृत्व गरेको राप्रपा तथा राजावादीहरु मध्यावधि निर्वाचन मात्र एक राष्ट्रिय संकट समाधानको विकल्प अगाडि सार्दै आएका छन् तर, यी दुबै तर्कहरु गलत छन् किनभने यो असफलता भनेको सिंगो संसदीय व्यवस्थाकै असफलता हो , नेपालमा संसदीय व्यवस्था असफल भइसकेको यो संसदीय व्यवस्थाको असफलता मात्र होइन, नेपालमा नवसंशोधनवादीहरुको पनि असफलता हो संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बताएर समाजवादको झुठो गफ दिएर नेपाली जनतालाई ढाँट्दै झुक्याउँदै आएको नवसंशोधनवादी शक्ति पनि आज नराम्ररी असफल भएको सडकमा पछारिन पुगेको

यस प्रकारको अवस्था सिर्जना हुनु भनेको क्रान्तिकारीहरुका लागि एउटा अवसर हो एउटा अनुकूलता पनि हो यस अवसरलाई क्रान्तिकारीहरुले कुशलतापूर्वक उपयोग गर्न सक्नुपर्छ लाग्दछ, यही सन्देश लक्ष्य बोकेर चार कम्युनिस्ट पार्टीहरुका बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण हुन पुगेको यसलाई महान् नेपाली क्रान्तिको विजयसम्म पु¥याउनु पर्ने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आइपुगेको चार कम्युनिस्ट पार्टीहरुबीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण हुनुको सारतत्व पनि यही नै हो

 लेखक नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी   केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु