त्यो केटो आजकाल ‘ओली बा, आइ लभ यू’ भन्छ

विनोद दाहाल २०७७ माघ २९ गते, बिहीबार

अस्वभाविक तरिकाले खोजी गर्दैगरेको लागेपछि शंका लागेर पक्राउ गर्दा त केटाले कक गरिराखेको कटुवा पेस्तोल पो ल्याएको रहेछ । वाइसेलले अनुसन्धान गर्दै जाँदा थाहा पायो— प्रशान्तको हत्या गरेर उत्तेजित पार्दै एकदिन नेपालबन्द गराउने नारायणहिटिमा ज्ञानेन्द्रले बनाएको योजना पो रहेछ । अन्यत्र यस्ता घटनाहरु धेरै भैसकेका थिए । प्रशान्त जिल्लाका माओवादी पंतिका विश्वासिला नेतामा चिनिन्थे । उनको वशमा थियो जिल्ला भन्दा पनि हुने जस्तो लाग्थ्यो सबैलाई । प्रशासक र सबैदलका नेताले उनले भन्दा नमान्ने कोही हुँदैनथे । यस्तो संक्रमणकालिन अवस्था थियो । पार्टीको अनुशासनले गर्दा उनले केही गडबड गर्दैनथे र अरुलाई पनि यही लागेको जस्तो अन’भव गर्न सकिन्थ्यो । उनलाई मार्दा एकदिन निश्चय पनि नेपाल बन्द हुनेथ्यो । यो अनुमान नारायणहिटी दरवारसम्म पनि पुगेको रहेछ ।

अशान्ति र गडबडि मच्चाएर माओवादीलाई फेरि युद्धतिरै धपाउन र सात दलको गठजोर पनि भत्काउन दरवारको ध्यान थियो । लुटिएको स्वर्ग पुनः प्राप्तिको साहारा नै हत्या, हिंसा, अशान्ति र गडबडि भएको थियो, दरवारको । १२ बुँदे समझदारिमा सहमत नभएको बुँदामा टेकेर जनताको नासो फिर्ता गरें भनेर प्रतिगमन फर्किएपछि श्री ५ ले गर्ने सम्पूर्ण काम र राजकीय अधिकार खोसिएको थियो । जनयुद्ध र जनआन्दोलनबाट प्रधानमन्त्रिकहाँ सबै अधिकार बिघटित संसदको अत्यधिक बहुमतबाट सरिएको थियो । सामन्ती तत्व राजाले माओवादीलाई एक्ल्याएर फेरि युद्धमा धकेल्ने नीयत भनेकै षड्यन्त्र र हिंसात्मक आक्रमण नै थियो । तर्साएर युद्धमा फर्काउन अशान्ति र तनाव निम्त्याउने योजनामा थियो नारायणहिटि दरवार । दरवारले प्रतिक्रियावादी वर्गको सहयोगमा कैयौं माओवादी बिरोधि हिंसात्मक घटनाहरु गराइसकिएको थियो । माओवादीले गरेका आन्दोलनका कार्यक्रमहरुले जनआक्रोस बढाएर खेद्ने दाउमा थियो सामन्ती तत्व । ती तत्वले षड्यन्त्र गर्थे र जनताको आक्रोशको दुस्प्रचार गर्नेगथ्र्यो ।

यही वेला जनयुद्धको नेतृत्व गर्ने माओवादी गणतन्त्र र पुरै राज्यको नयाँ संरचनामा लान खोज्दैथियो । संविधानसधाको गठनको लागि निर्वाचित जनप्रतिनिधिहरु खेज्दै थियो जुन कुरा सामन्तवादले मान्दैनथ्यो । ७ दलले पहिला हतियार बुझाउने षड्यन्त्रकारि माग नै राखिराखेको थियो । दरवारले अपराधिहरुमार्फत हत्याहिंसाको श्रङ्खला बढाइरहेको थियो भने ७ दल र माओवादीलाई फाटो पार्ने चीज पनि खोजिरहेको थियो, जसमार्फत आफ्नो निलम्बित भएको लुटको स्वर्ग फर्काउन खोज्दैथ्यो । माओवादी भने पहिला राजतन्त्र समाप्ति र राजसंस्थाको बिघटन भनिरहेको थियो ।

७ दलहरुको नेतृत्व गर्ने कांग्रेस भने एमालेको आढमा यथास्थानमा रोक्न चाहन्थ्यो । यसलाई दुबै पक्षले संविधानसभाको माध्यमले हल गर्ने सहमति थियो । जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु देशी—विदेशी प्रतिक्रियावादीका कारण संक्रमणकालिन र जटिल अवस्थामा थियो ।

पटकपटकको वार्ता र त्योसँग जोडिएर आएको षड्यन्त्रको कारण आफूलाई सुरक्षित ठानिरहेको थिएन । समुहमै बस्ने र पालोगरेर खाने, स्थाई रुपमा एकठाउँमा नरहने, जनताकै बीचमा बस्नखोज्ने स्थितिमै थिए । प्रशान्तको नेतृत्वको टोली भने सदरमुकाममा अस्थाई रुपमा एक होटेलमा केही समय पहिलादेखि नै अड्डा जमाएर बसेको थियो र उनको प्रसिद्धि पनि व्यापक रुपमा चर्चामा थियो । माओवादीको यो कमजोरि दरवारसम्म पुगिसकेको कुरामा माओवादी सबै अनभिज्ञ नै थिए ।

प्रशान्तलाई पछिल्लो बैठकले वाइसिएलको नेतृत्व गर्ने जिम्मेवारि तोकिएको थियो । सय भन्दा बढी पूर्णकालिन यूवाहरु परिचालन गरेर सदरमुकाममा प्रभाव पार्ने काम हुँदै थियो । साँझ परिसकेको थियो । बर्खायाम थियो । होटेलमा घुईंचो नै हुनेगरि माओवादी थिए । प्रशान्त होटेलको कोठामा कार्ययोजना बनाउन र भेटघाट गर्न व्यस्त थिए । एकजना वाइसिएलका यूवामार्फत खबर आयो, “अपरिचित एकजना केटा आएका छन्, तपाईंलाई भेट्नु छ, काम छ भन्दैछन् ।” प्रशान्तले बुझ्न पठाएको यूवा त शंका लागेको बताउन आइपुगे । प्रशान्तकै योजना बनाएर समाएर जीउ तलास गर्नेगरी ती यूवा गए ।

३ जनाले काम भन्नुस् त भेट्न त भन्दै झ्याप्पै समाए तर त्यो शंकास्पद केटाले त ती तिनैजनालाई निक्कै परसम्म घिसा¥यो, कसो उम्किएको । धेरै यूवाले गएर टाउको, हात, खुट्टा, जीउ सबैतिर थिचे र जीउ खोतल्दा त केटाले कक गरिराखेको कटुवा पेस्तोल र ३ वटा गोलीसमेत ल्याएको पो रहेछ । अलिबेरको मुक्कामुक्कि पछि उक्त केटो वाइसिएलको नियन्त्रण प¥यो । एक्कैछिनमा सदरमुकाममा सन्सनिपूर्ण खबर फैलियो, “माओवादी नेता प्रशान्तलाई गोली हान्न ठिक परेको एकजना केटोलाई वाइसिएलले पक्रिए रे । उस्लाई केरकार हुँदै छ रे ।” ९ बजे राती एफएमबाट समाचार संप्रेषण भयो— भोली दिनको १२ बजे खुल्ला मञ्चमा एक कार्यक्रममार्फत पत्रकार र जनसमुदायको रोहबरमा बरामद गरिएको कटुवा पेस्तोल, गोलिहरु र अपराधि केटोको बयानसहित माओवादीले प्रहरिलाई बुझाउने कार्यक्रम छ । रातभरमा घटना देशैभरि फैलियो । माओवादीलाई प्रहरिले कुनै धड्पकड गरेन, बरु ढुक्कसँग अनुसन्धान गर्न छोडिदियो ।

दिनको १२ बजे, बर्खा याम, सदरमुकामको खुल्ला मञ्च । २ घण्टाअघिदेखि नै मानिसहरु बिशाल आमसभा झैं लाग्नेगरि जम्मा भएका थिए । प्रहरिले मञ्चको पनि माथि टेबुल राखेको छ र रातो कपडा ओछ्याएको छ । ठिक भनेको समयमै वाइसिएलले हात पछाडि बाँधेर केटालाई ल्याए । केटोलाई टेबुलको छेउमा उभ्याइयो र बरामद सामान सबैले देख्नेगरि कपडामा राखियो । मानिसहरु अपराधि केटोलाई चिन्न उत्सुकता देखाइरहेका थिए । सबैले केटाको आपाराधिक नियत बुझ्न चाहेको बताइरहेका थिए । यत्तिकैमा एकजना यूवा नेता आए र बताउन थाले, “नारायणहिटि दरवारबाट हत्या गर्न खटाइएको रहेछ ।” २० हजार रुपैंयाँ बैना लिएर हत्या गर्न केटालाई खटाइएको रहेछ भन्दै केटाको नाम र ठेगाना सुनाए ।

सभामार्फत जनता र प्रहरि प्रशासनलाई बताइएको बिबरण अनुसार ज्ञानेन्द्रले शासनसत्ता फकाउन माओवादी हत्या श्रृङ्खला बढाएको थियो । केटाले वाइसिएलको नियन्त्रणमा पर्नासाथ जीवन सुरक्षाको मागगर्दै सत्य कुरा बक्ने भनिहाल्यो । भद्राले आकाशसँग भाडामा हत्या गर्ने केटो मागेकी रैछिन् । आकाशले आफूसँग त्यस्तो केटो नभएको तर आफू भन्दा बाहिरकै एउटा खोजिदिउँला भनेको रहेछ । उस्ले बोल्नथाल्यो— आकाशले बोलायो र उहीमार्फत भद्रा कहाँ पुगें । उनीसँगै नारायणहिटी दरवारमा पुगें, उनी चाहिं फर्किइन् । त्यहाँ पशुपतिभक्त महर्जन भन्ने मानिस रहेछन् । उनले नै प्रशान्त भन्ने मान्छे त्यहाँ होटेलमा बस्छन्, सोध्नासाथ सजिलै चिन्न सकिन्छ । “उसलाई पेस्तोलले ढालेर आउन सकिन्छ, हैन त ?” काम सक, पक्राउ कुनै हालतमा नपर, पैसाको फिक्रि नगर तिमीलाई सन्तुष्ट पारौंला भनेर ढाडस पनि दिएछ । केटाले सहमति दिएपछि २० हजार लिएछ । दरवारको सचिवालयको महर्जनले भने अनुसार केटो सर्लाहीका एकजना माझि कहाँ गएर कटुवा पेस्तोल र ४ वटा गोली किनेर सिन्धुली आएको रहेछ । खर्च भएर बाँकि रहेको रकम पनि जस्ताको तस्तै रहेछ, देखायो ।

ऊ पक्राउ परेको महिना दिन नहुँदै छुट्यो । ज्ञानेन्द्रको राजकीय अधिकार खोसे पनि सेना, प्रशासन, न्यायालय सबै ठाउँमा हुकुमी शासन बाँकि नै थियो । त्यस्ता मानसि छुटेपछि पिडितहरुले आहात महशुस गर्नु स्वभाविक थियो । त्यसको केही महिनापछि फरिएको वाइसिएलको संयोजक र त्यो केटाको अस्वभाविक सम्बन्धले पिडितलाई झन् पीडा थपियो । पछि त्यो संयोजक आर्थिक हिनामिना र अन्य अपराधमा सम्लघ्न भएको पाइएपछि स्पष्टिकरका लागि बोलाउँदा नआएपछि सदाका लागि भन्दै दलबाट नै निस्कासनमा प¥यो । अपराधि केटो त स्वभाविक ढंगले दरवारकै छत्रछायाँमा हुर्किएको दलको यूवा संगठनमा केन्द्रिय नेताको हैसियतमा पुग्यो तर त्यो संयोजक बिछिप्त झैं भयो र केही समय ऊ सामान्य कामदार थियो  । पछि त असामाजिक झैं व्यवहार गर्दै घृणित नागरिकको दर्जामा छ । अहिले अपुष्ट खबर सन्सनिपूर्ण छ— ऊ पनि “ओलीबा, जिन्दावाद” भन्दै छ रे ।

ज्ञानेन्द्र नागरिक मारेर शासन गर्न चाहने सामन्ती शासक थियो । नागरिक मारेर शासन गर्न संसारका शक्ति केन्द्रहरु धायो, हतियार माग्ने र किन्ने ग¥यो । वंशनास गरेर सत्ता हत्याएको अभियोग उसैले सबै प्रमाणहरु नष्ट गर्ने कुकार्यले पुष्टि गर्दछ । संविधान बिपरित गएर माओवादी र जनसेना प्रमाणित हुनासाथ मारिदिने नीति अख्तियार गरेर नरसंहार नै ग¥यो । भाडाका अपराधि तत्वहरुलाई साथमा लिएर उसले जेजति अपराधहरु ग¥यो उसको सत्ताच्युतको अवस्था पछि अपराधिहरु टुहुरा जस्ता भएका थिए, साहारा खोज्दै थिए, ती अहिले नयाँ प्रतिगमनको आढ लाग्न पुगेको शंका भैरहेको बेला उक्त अपराधि केटो अहिले “ओलीबा, आइ लभ यू” भन्न थालेको छ । ती अपराधि तत्वहरुलाई प्रतिगमन नै प्यारो लागेको छ ।

अचम्म र दिक्दार लाग्दो कुरा त के छ भने इनेगिनेका झैं लाग्ने नेताहरु त्यै केटोसँग फोटो खिचेर गौरवका साथ सामाजिक सञ्जारमा पोस्ट गरिरहेका छन् । हदै नागेर उनीहरु गिरेका छन् ।

प्रतिक्रियाहरु