आइसिसी विश्वकप क्रिकेटका लागि ३२ खेलाडी छनौट

२०७७ माघ २३ गते, शुक्रबार


काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि क्यानले प्रारम्भिक चरणमा ३२ खेलाडी छनौट गरेको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्कासहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । ३२ खेलाडीमध्ये २१ खेलाडीले माघ २४ बाट सुरु हुने बन्द प्रशिक्षणमा भाग लिनेछन् । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडी छनौट गरेको हो ।
पहिलो चरणको छनौटमा सहभागी हुने खेलाडीमा पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी मगर, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा छन् । पहिलो चरणमा २१ खेलाडी क्याम्पमा हुँदा दोस्रो चरणमा ११ खेलाडी छन् । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज आगामी मार्चमा ओमानमा हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु