अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक !

२०७७ माघ २१ गते, बुधबार


काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा सन् २०२० मा पर्यटकको कमी आएको छ । पदयात्राको यात्राको तथ्याङ्क राख्न सुरु भएयता अन्नपूर्णमा २०२० मा हाल सम्मकै कम पर्यटक आएका हुन् । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि पर्यटन व्यवसाय ठप्प भएको थियो । त्यस अघि पनि यात्रामा आएकाहरूले संक्रमणको त्रासका कारण बीच बाटोबाटै फर्किएका थिए । सन् २०२० मा १८ हजार ७ सय ९६ पर्यटक संरक्षण क्षेत्र पुगेका थिए । सन् २०१९ मा १ लाख ८१ हजारले संरक्षण क्षेत्रमा पदयात्रा गरेका थिए । यो सबैभन्दा बढी पर्यटकले संरक्षण क्षेत्रमा पदयात्रा गरेको कीर्तिमान संख्या हो । सन् २०१८ मा १ लाख ८० हजार ९३ जनाले र सन् २०१७ मा १ लाख ५९ हजार ५ सय ६० जनाले पदयात्रा गरेका थिए ।
भूकम्प गएको वर्ष सन् २०१५ मा पदयात्रीको संख्या घटेर ७८ हजार ९ सय ३२ मा झ¥यो भने सन् २०१४ मा १ लाख २९ हजार ९ सय ६६ जनाले पदयात्रा गरेका थिए । पर्यटक घटेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि घटेको छ । सन् २०१९ मा ३९ करोड ९ लाख ४३ हजार ४ सय ७३ रुपैयाँ संकलन भएकोमा सन् २०२० मा पदयात्री घटेसँगै ४ करोड १९ लाख ८२ हजार १ सय ७४ रुपैयाँ मात्र उठेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार