संसदीय व्यवस्थाको विकल्प रोजौं

२०७७ माघ १९ गते, सोमबार

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसदवादी दलहरु दुई भागमा विभाजित भएका छन् । एकथरि संसद् पुनस्र्थापनाको पक्षमा कोकोहोलो मच्याइरहेका छन् भने अर्कोथरि निर्वाचनको रोइलो गरिरहेका छन् । संसद्वादी दलहरुको यो कोकोहोलोले देश र जनता प्रताडित भएका छन् । जनता कोरोनाबाट इन्तु न चिन्तु भएको बेला एक ट्याब्लेट औषधि, एक छाक खाना बाँड्न नसक्ने र आपूm ८४ व्यञ्जन खाएर रमाउने नेताहरु अहिले तिनै जनतासामु आफ्नो स्वार्थका लागि रोइकराइ गर्न पुगेका छन्, जुन ज्यादै घीनलाग्दो र लाजमर्दो कुरा हो । अहिले यी दलाल र भ्रष्ट संसद्वादी दल र नेताहरुको हर्कत नेपाली जनतासामु छर्लङ्ग भइसकेको छ । हिजो जनता रोग र भोकसँग लाडिरहँदा चुँसम्म नबोल्ने दल र नेताहरु अहिले साखुल्ले भएर लाज पचाउँदै जनता नै सर्वेसर्वा भएको भन्दै लम्पसार परिरहेका छन् । यी छट्टु स्यालहरुको हर्कत जनताले बेलैमा बुझ्नु आवश्यक छ । अन्यथा यी भ्रष्ट दल र नेताहरुले फेरि जनतालाई धोका दिने निश्चित छ । त्यसैले आमसचेत नागरिक यी भ्रष्ट संसद्वादी दल र नेताहरुको स्याल हुइँयामा नलागी नयाँ विकल्पको खोजीमा अगाडि बढ्नु आवश्यक छ । अन्यथा, यी संसद्वादी दल र नेताहरुले पुनः देश र जनतालाई संसदीय व्यवस्थाको गोलचक्करमा फसाई आफ्नो स्वार्थ पूरा गर्न सक्षम हुने छन् । तसर्थ, यो संसद्वादी व्यवस्था, भ्रष्ट संसद्वादी दल र नेताहरुलाई पाखा लगाउन नेपाल कम्युनिस्ट पार्टीलाई साथ, सहयोग गरेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ, जसबाट मात्र देश र जनताको मुक्ति सम्भव छ । अन्यथा संसदीय व्यवस्था र संसद्वादी दल र नेताहरुले देश र जनताको जीवन नारकीय बनाउने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु