आहा रारा गोल्डकप चैत्र १७ देखि

२०७७ माघ १७ गते, शनिबार


काठमाडौं । सहरा क्लबले पत्रकार सम्मेलन गर्दै आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेदेखिए २८ गतेसम्म पोखरा रंगशालामा हुने जानकारी दिएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहनेछ । कोरोनाका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन भने निश्चित भैनसकेको क्लवले जनाएको छ ।
पुरस्कारको राशी पनि पछि मात्रै घोषणा हुने भएको छ । अघिल्लो संस्करणमा विजेतालाई दश लाख एक हजार उपविजेतालाई पाँच लाख एक हजार प्रदान गरिएको थियो । १८ औं संस्करणको उपाधि मनाङ मर्स्याङदीले जितेको थियो । प्रहरी उपविजेता भएको थियो । २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट संकलित रकम सहरा फुटबल एकेडेमी संचालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीको तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु