बिरालोमा पनि कोरोना संक्रमण !

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।
कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्क्रमण फैलिन भने रोकिएको छैन ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु