चेल्सीका मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

२०७७ माघ १३ गते, मंगलवार


काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । एफए कपको चौथो चरणमा लुटोनमाथि तीन एकको जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो ।
क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गरेको हो । लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताएका छन् । यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको छ । चेल्सी यो सिजन २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । उनी जुलाई २०१९ मा ३ वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त भएका थिए । चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको बताइएको छ । टुचेल अघिल्लो महिना फ्रान्सेली क्लब पीएसजीबाट बर्खास्तीमा परेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु