पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ !

२०७७ माघ १२ गते, सोमबार

काठमाडौं । भारत राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको छ । १७ पटक पीसीआर परीक्षण र १४ पटक र्‍यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको हो । महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ । हरेक पटकको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुसमेत हैरान र भ्रमित भएका छन् । शारदा देवी पछिल्लो साल अगस्टदेखि भरतपुरको एक आश्रममा बसिरहेकी छिन् । आश्रममा नयाँ आएको भन्दै सेप्टेम्बरमा उनमा कोरोना पोजेटिभ परीक्षण गरिएको थियो । जसमा उनमा कोरोना पोजेटिभ देखियो । त्यो बेलादेखि उनी कवारेन्टाइन्मा बसिरहेकी छिन् । उनलाई होमियोप्याथिक, एलोप्याथिक र आर्युवेद तीनै प्रकारका औषधि दिइराखिएको छ । तर पनि उनको परीक्षण गर्दा हरेक पटक कोरोना पोजेटिभ देखिएको छ । डाक्टर बीएम भारद्धाजका अनुसार कोरोना पोजेटिभ देखिएपनि उनी स्वस्थ छिन् र उनको ७ ८ किलो तौल समेत बढेको छ । जब शारदा देवी आश्रममा आएकी थिइन् उनी धेरै कमजोर थिइन र ठिक ढंगले उभिन पनि नसक्ने अवस्थामा थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

०७८ सालमा तीनवटा दशैँ !

२०७७ फाल्गुन १७ गते, सोमबार

अनौठो चरा : आधा भाले, आधा पोथी !

२०७७ फाल्गुन १४ गते, शुक्रबार

बिरालोमा पनि कोरोना संक्रमण !

२०७७ माघ १४ गते, बुधबार