प्रतिबन्धले क्रान्तिलाई रोक्न सक्दैन

२०७७ माघ ११ गते, आईतवार
तुफान सिंह कालिकोटे

पूर्वदेखि पश्चिम् महाकालीसम्म्को त्यो यात्राको त्यो दिन आज फेरि नयाँ अभियानले ती दिनहरूको याद कटाउँदै छ । २०५२ सालतिर देशमा भीषण युद्धको सुरुवात हुँदै गर्दा माओवादी नामक मान्छे देख्न बित्तिकै लुक्ने ती युवाहरू बिस्तारै बुझ्दै जाँदा युद्धमा आफ्नो अमूल्य ज्यान दिन तयार भए आखिर आमूल परिबर्तनकै खातिर थियो, त्यो महान् वीरहरुको बलिदान थियो । यहाँ त केबल प्रचण्ड, बाबुराम, रामबहादुर लगायतका केही अन्य नेताहरूलाई सत्तामा पुराउन मात्रै त रैछ ती हजारौं युवाहरूको बलिदान आखिर के पाए सहिद परिवार अनि घाइते योद्धाहरुले पाए त केबल खाडी अनि कोही कसैले युरोपको पासपोर्ट आज दिनहुँ झन्डै १५–२० लासहरु दैनिकी आउने गर्छन् । रातो बाकसमा कोही हिजोका जनमुक्ति सेना त कोही कार्यकर्ता अनि समर्थक यो अवस्थाको सिर्जना ती दलालहरुका नाइके बन्न पुगेका प्रचण्ड अनि रामेलेहरुले लिनु पर्छ होइन भने अब हुने प्रस्तुतिको सामना गर्न तयारी हुनु पर्छ ।

दस बर्ष जनयुद्धमा दिएका सपनाहरू दलालहरुले बाटोमै अलपत्र पारेको र उक्त सपनाहरूलाई तुइन नदिने बाचासहित अहिले स्वतन्त्र राजनीति गर्दै आएको नेकपा महासचिव बिप्लवले नेतृत्व गरेको नेकपालाई झण्डै दुई बर्षयता सरकारले प्रतिबन्ध लगाएको छ । यो तत्काल फिर्ता नगरिए यसको कडा प्रतिवाद गर्न पूर्वजनमुक्ति सेना जतिबेला पनि हाई एलोटमा छ । हेक्का रहोस् रामबहादुर तिमीहरुले नै हामीलाई हतियार चलाउन सिकाएको हो । विश्राम मात्रै गरेको हो, हतियार चलाउन भुलेको होइन । त्यो समयले विस्तारै वातावरण सिर्जना गर्ने हो । यहाँ कोही आत्तिदैमा हामी फाइरिङ खोलिहाल्ने र कसैले उचाल्दैमा पछि हट्ने भन्ने पटक्कै छैन । हामी बिस्फोट हुन तयारी हुन्छौं त्यो आदेशको पर्खाई मात्रै हो । भलै त्यो दिन देख्न हामी चाहन्नौँ तर पनि नालायक सरकारको यो दिनप्रतिदिनको निर्दोष नेता–कार्यकर्ताको गिरफ्तार रोकिएन भने जे पनि हुन्छ, जहाँ दमन त्यहाँ अनिवार्य बिद्रोह स्वभाबिक नै छ ।

एकातिर वार्ताको ढ्वाङ फुक्दै अर्कोतिर एक–एक गर्दै गिरफ्तारले यो राज्यले गर्न चाहेको युद्ध नै हो । त्यो हाम्रो अनिवार्यको कुरा होइन, युद्ध तर राज्य यसरी क्रुर बन्दै जाँदा प्रतिवादको रूपमा हामीले पनि एउटा नीति लिनैपर्ने देखिन्छ । त्यो त्यही बेलाको कुरा रह्यो तत्काल हाम्रो लडाइँ दलाल, भ्रष्टाचार, घुसखोरीहरुसँगको हो । तर, पुलिस दाजुभाइले यो कुरा कहिले बुझ्ने ? हामी एकआपसमा लडाइँ गरेर हुने केही होइन । परिवर्तन हिजो दश वर्ष जनयुद्धमा तपाईंहरुको राम्रोसँग हामीले हबिगत देखेकै हो र फेरि पनि विनम्र अनुरोध गर्दछौं । तपाईंहरुले लड्ने होइन, सहकार्य गरी अगाडि बढ्नुपर्छ । अहिले नालायक सरकारभित्र रहेको हरेक गुण्डागर्दी भ्रष्टाचारको लिस्ट तयारी गर्ने बेला हो । तपाईं हाम्रो अनि एकीकृत जनक्रान्तिको छिट्टै बिजय हुने र दलाल नालायकहरुको राम्रोसँग हिसाब–किताब गर्ने दिन आउनेछ । हाम्रो जनअदालतले ती नपुंसक लिङहरुलाई कारबाही गर्ने छ ।

स्वतन्त्र राजनीति गर्ने अधिकारलाई नै हनन् गर्नु मुख्य उद्देश्य भनेको केपी, प्रचण्ड, रामबहादुरहरुले आफ्नो हार स्वीकार गरेको हो, होइन भने सामान्य नागरिकहरु अनि स्वतन्त्र राजनीति दल माथिको यो प्रतिबन्धनै उनीहरुको हार हो । तर, क्रान्तिकारीहरुको लागि जेल–नेल त सामान्य हो, जो गहना नै भनिन्छ । हामीलाई केही फरक पर्दैन, तिम्रो प्रतिबन्धले हाम्रो विचार र दस्तावेजबारे आदरणीय दाजुभाइ, दिदीबहिनीबीच राख्ने अवसर पनि मिल्यो । तिमीहरुले एक महिनाभित्र नै बिप्लवहरुलाई पाखा लाउँछु भन्दै भुकेको पनि झन्डै २ बर्ष हुन लायो खोइ पार्टी त झन् स्पोर्ट्स हुँदै अगाडि बढ्यो, तिम्रो सपना त जो जोक, जोक मै सीमित रह्यो ।

तिमीहरु नैतिकहीन मान्छे हौँ भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुज्ने एउटा अवसर पनि मिल्यो, हावामै गफ गर्दै आफ्नै भन्नेहरुको पेटमा त लात हान्छौ तिमी अरुको त कुरा गर्नु नै छैन केपी तिम्रो घमण्डले भरिएको बेलुन् अब छिट्टै फुट्ने दिन आएको छ, हामी गर्छौं अब हेर्दै जाउँ दलालहरु अति भए खती हुन्छ हेक्का रहोस् । भर्खरै गिरफ्तार पार्टी केन्द्रिय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख आदरणीय नेता कञ्चनलगायत झन्डै एक हजार नेता–कार्यकर्तालाई बिनासर्त रिहाई गर्दैन, त्यहाँसम्म बार्ता–सार्ता कुनै हुँदैन र नेकपालाई कुनै बार्ताको हल्ला फिजाउँदै गिरफ्तार गर्ने यो रणनीति हामीले बुझ्नैपर्ने हुन्छ । यो दलाल सरकारले जे सपना देख्दैछ त्यो कुनै हालतमा पूरा हुने छैन, हेक्का रहोस् । बरु मृत्यु स्वीकार छ, हार हरेस खाने कुरै छैन, परिआएको बेला दुश्मनका विरुद्ध आफ्नो जीवन बलिदान गर्न तयार सेना सामान्य प्रतिबन्धले केही फरक पर्दैन हामी हाम्रो तरिकाले अगाडि बड्दै छौँ ।

(लेखक ः पुर्व जनमुक्ति सेना नेपाल सैन्य कमान्डर हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु