भीमफेदी-कुलेखानी सडकखण्ड बन्द

२०७७ माघ १० गते, शनिबार

काठमाडौं । भीमफेदी-कुलेखानी सडकखण्ड बन्द गरिएको छ । ढलान र कालोपत्रे गर्नका लागि सो सडकखण्डमा चैत दश गतेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको हो । वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार सो सडकखण्डको भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान गर्न लागिएको हो ।
त्यस्तै देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न लागिएको छ । साँघुरो र घुमाउरो सडक खण्डमा ढलान र कालोपत्रे गर्न सवारीसाधन बन्दै गर्नुपर्ने भएको निर्देशनालयले जनाएको छ । भीमफेदी—कुलेखानी सडक खण्डमा नालासहितको सडक फराकिलो बनाउने कार्य प्रदेश सरकारले गर्दै आएको छ । सडक बन्द भएपछि सो मार्ग भएर दैनिक गुडने ८ सय सवारी साधन प्रभावित हुने भएका छन् । ट्राफिक प्रहरीले सो मार्ग प्रयोग गर्ने सवारी साधनलाई त्रिभुवन राजपथ वा चितवन—मुग्लिन नौबिसे सडक प्रयोग गर्न अनुरोध गरेको छ । कान्ति लोकपथ जोखिमयुक्त भएकाले प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार