‘शहीद सप्ताह’ सुरु

२०७७ माघ १० गते, शनिबार


काठमाडाैँ । जहाँनिया राणा शासनकाे विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदकाे सम्झनामा माघ १० देखि शहीद सप्ताह सुरु भएकाे छ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने बताएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्तगरेको स्थानमा श्रद्धाञ्जली सभा आयाेजना गरी सप्ताहकाे शुभारम्भ गरिएको छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने बताइएको छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार