नेपालबन्दको पूर्वसन्ध्यामा देशभर मसाल जुलुस प्रदर्शन

२०७७ माघ ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो ।  नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गैरन्यायिक गिरफ्तारीका बिरुद्द आयोजित नेपाल बन्दको पुर्वसन्ध्यामा काठमाडौँको कोटेश्वर, पेप्शीकोला, किर्तीपुर, शंकरापुर, टोखालगायतका ठाउँहरुमा मशाल जुलुस निकालेको जनाइएको छ भने सो पार्टीनिकट अखिल ( क्रान्तिकारी) जिल्ला समिति काठमाडौंले बिभिन्न चोकमा मसाल जुलुस प्रदर्शन गरेको बताइएको छ।
यता , नेपाल कम्युनिस्ट पार्टी चितवनले पनि जिल्लाका बिभिन्न ठाउमा मसाल जुलुस प्रदशन गरेको बताइएको छ भने सो पार्टीको लुम्बिनी ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेको बताएको छ । कपिलवस्तुमा नेकपाले मसाल जुलुसको तयारी गरिरहेको बेला प्रहरीले अवरोध गर्ने प्रयास गरेपनि जिल्लाका विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । जिल्लाको पश्चिम क्षेत्रको राजमार्गमा गरिएको मसाल जुलुसमा सयौंको संख्यामा जनसहभागिता रहेको नेकपा कपिलवस्तु स्रोतले बताएको छ । ब्युरो अन्तर्गतका जिल्लाहरु रुपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, नवलपरासी, गुल्मीमा नेकपाले मसाल जुलुस सम्पन्न गरेको नेकपा स्रोतले बताएको छ । रुपन्देहीको बुटवल, सैनामैना, कोटीहवा लगायत विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको बताइएको छ । नवलपरासीको राजमार्गको मुख्य–मुख्य चोकहरुमा मसाल जुलुस गरेको बताइएको छ । त्यसैगरी नवलपुरको मध्यविन्दु, गैडाकोटको दुई स्थान र बौदिकाली बुलिङटारमा गरी तीन स्थानमा मसाल जुलुस सम्पन्न भएको नेकपा नवलपुर स्रोतले बताएको छ । नवलपुरमा अखिल (क्रान्तिकारी)ले समेत मसाल जुलुस प्रदर्शन गरेको बताइएको छ । त्यसैगरी पाल्पाको तानसेन नगरपालिकाको दुईस्थानमा मसाल जुलुस प्रदर्शन गरेको नेकपा पाल्पा स्रोतले बताएको छ । मसाल जुलुसमा सयौंको संख्यामा जनजनसहभागिता रहेको बताइएको छ । अर्घाखाँची र गुल्मीको विभिन्न स्थानहरुमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको स्रोतले बताएको छ । प्राप्त समाचार अनुसार अर्घाखाँचीको विभिन्न स्थानहरुमा भएको मसाल जुलुसमा व्यापक जनसहभागिता रहेको बताइएको छ ।
नेकपाले केन्द्रीय कार्यालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेकपाको मिसन ८४ समाजवाद

२०८० चैत्र १६ गते, शुक्रबार

जेलव्रेक दिवस मनाइदैं

२०८० चैत्र १६ गते, शुक्रबार