उखु किसान पुनः आन्दोलनमा !

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । सरकारले फेरि धाेका दिएकाे भन्दै उखु किसानले पुनः आन्दोलनकाे घोषणा गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको विवरण जारी गरेपछि उखु किसानले पुनः आन्दोलनकाे घोषणा गरेका हुन् ।
उनीहरुले यही माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने बताएका छन् । त्यस्तै फागुन ८ गतेदेखि फागुन १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक खाएर खेतमा काम गर्ने समितिले उखु किसान संघर्ष समितिले जनाएकाे छ ।
मन्त्रालयले ६५ करोड रुपैयाँमा ५७ करोड रुपैयाँ भुक्तानी भएको र अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको मौखिक सूचना किसालनहरुलाई दिएको थियाे। तर किसानहरुले त्यसमा असन्तुष्टि जनाउँदै मन्त्रालयको सूचनालाई शंकास्पद भनेका छन्।
उखु किसान संघर्ष समितिले सरकारले फेरि धोका दिएकाे भन्दै आन्दोलन घोषणा गरेको हो। गत मंगलबार उद्योग मन्त्रालयले ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। मन्त्रालयले जारी गरेको विवरण उद्योगीहरुको भनाइअनुसार आएको समितिको भनाइ छ। समितिले कति किसानले नपाएको र कुन कुन किसानले के कारणले उपलब्ध गराउन नसकेको समेत जानकारी माग गरेको छ।
समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबारदेखि आन्दोलनको कार्यक्रम सुरु गर्ने जनाएको हाे। त्यसपछि तेस्रो चरणको आन्दोलन गर्ने बताएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार