पार्टी निर्देशनबिना चन्दा असुली गर्ने डाँगीलाई कारबाही

२०७७ माघ ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्देशनबिना चन्दा असुली गर्ने टोपबहादुर डाँगीलाई कारबाही गरेको छ । सो पार्टीको गङ्गादेव गाउँ समिति रोल्पाले पार्टी निर्देशनबिना चन्दा असुली गर्ने जिल्ला तथा गाउँ समिति सदस्य टोपबहादुर डाँगी ‘टिम’ लाई कारबाही गरेको हो ।
इन्चार्ज किरणले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला तथा गाउँ समिति सदस्य डाँगीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी गराएका हुन् ।


नेकपाले पार्टीको निर्देशनबिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासनसँग भिडन्त भएको र आफूलाई खुट्टामा गोलीसमेत लागेको भन्दै अफवाह फैलाएर भ्रम पार्न खोज्ने र सांस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको ठहर गर्दै डाँगीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टीका नाममा थुप्रै आर्थिक हिनामिना गरेकाले डाँगीलाई थप अनुसन्धान गरी कडा कारबाही गरिने जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु