बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि १० योजना सार्वजनिक

२०७७ माघ ९ गते, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना नियन्त्रणसम्बन्धि आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडेनले मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने घोषणा गरेका हुन । कोरोना नियन्त्रणका लागि विभिन्न दश योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नुपर्ने बताएका छन् ।
पछिल्लो घोषणामा एक सय दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ । अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ । साथै १४ दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । मास्क तथा सामाजिक दूरी अनिवार्य गरिएको छ अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले नियन्त्रण सम्बन्धि काम अघि बढाएका हुन् ।
यसअघि ट्रम्प प्रशासनमाथि महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेको थियो । राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । यसका लागि गत साता सार्वजनिक गरेको १ दशमलब ९ ट्रिलियन डलरको राहत प्याकेजको उपयोग गरिने बताइएको छ । सो प्याकेज पारित गर्न बाइडेनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्नेछ । हालसम्म अमेरिकामा कोभिडका कारण चार लाख छ हजार भन्दा धेरैको मृत्यु भएको छ । २ करोड ५१ लााख मानिस संक्रमित भइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु