चीनद्वारा अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियोसहित २८ जनालाई प्रतिबन्ध

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह चलिरहदा चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८ जनालाई चीन प्रवेशमा रोक लगाएको हो ।
चीनको राष्ट्रिय सम्प्रभुतामा आँच आउने किसिमले टिप्पणी गरेको भन्दै पोम्पियोलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ । चीनको विदेश मन्त्रालयले जनाएअनुसार प्रतिबन्ध लगाइएका २८ जनाका परिवार र आफन्तलाई समेत चीनमा प्रतिबन्ध गरिएको छ । मन्त्री पोम्पियोले चीनले मुसलमानको दमन गरी नरसंहार गरेको बताएका थिए । पोम्पियोले भनेका छन्, ‘चीनले नरसंहार अझै पनि जारी राखेको छ, हामी देख्न सक्छौं चीनियाँ कम्युनिष्ट पार्टीको सरकार सुनियोजित तरिकाले मुसलमान सक्न लागिपरेको छ ।’ पोम्पियोले ट्रम्प प्रशासनको अन्तिम दिन यो बताएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु