ट्रेड युनियन महासङ्घद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

२०७७ माघ ७ गते, बुधबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्र्तालाई तत्काल रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा बास्तोलालगायत नेता – कार्यकर्ताको गिएफ़्तारीको बिरोध गर्दै मजदुरविरोधी श्रम ऐन–कानुनको खारेजी र सरकारले मजुरहरूमाथि गरिरहेको दमन, धरपकडको समेत विरोध गरिएको छ ।
संयोजक थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘नेपाली श्रमिकको भरोसायोग्य पार्टी नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई केपी प्रशासनले गिरफ्तार गरेको प्रति घोर भत्र्सना गर्दै गिरफ्तारीमा पर्नुभएका नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहाइका लागि हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

प्रतिक्रियाहरु