भारतले नेपालसहितका देशलाई कोरोना खोप उपलव्ध गराउने

२०७७ माघ ७ गते, बुधबार

काठमाडौं । भारतीय विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहितका देशलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ। कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको छ। नेपाल सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुन लागेको खोपको परिमाण भने जानकारी नभइसकेको बताएका छन।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस विषयमा उपयुक्त समयमा जानकारी दिने बताए। औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।
भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ । कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन्। कोभिशिल्ड भारतकै सिरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको छ। कोभ्याक्सिन खोप भारतकै भारत बायोटेकले इण्डियन काउन्सिल अफ मेडिकलसँगको सहकार्यमा विकास गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु